Khabar Out
ढिस्कोले पुरिएर एनसेलका कर्मचारीको मृत्यु

झापा । शिवसताक्षी नगरपालिका–११ मा माटोको ढिस्कोले पुरिएर आज एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सिरहा लहान बस्ने ३५ वर्षीय रमेशकुमार यादवको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । उनी एनसेलका कर्मचारी हुन् ।

शिवसताक्षी–११ सतासी खोलाको शाखा कल्भर्टमा एनसेलको फाईवर जडान गर्नलाई बनाएको जमिन मुनिको खाल्डोमा पसेर काम गरिरहेको अवस्थामा माटोको ढिस्को भत्किएर उनलाई पुरेको थियो ।

घाइते यादवलाई स्थानीयको सहयोगमा दमकस्थित दमक अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव सोही अस्पतालमा रहेको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रवक्ता खड्काले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  २२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update