Khabar Out
इटहरीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

सुनसरी । इटहरीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशवकुमार थेवेका अनुसार शनिबार इटहरीको मुख्य चोकमा पश्चिमबाट पूर्वतर्फ गइरहेको बा ०१–००४क ३१८१ नम्बरको ट्रकले ठक्कर दिँदा इटहरी–४ का साइकल यात्री ४५ वर्षीय पूर्णप्रसाद राईको घटनास्थलमै मृत्यु भएको हो ।

चालकलाई अहिले इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख थेवेले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update