कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा
सुर्खेत । निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । यही माघ २० गतेभित्रमा चार्जिङ गर्ने तयारीका साथ धमाधम काम भइरहेको छ ।
आयोजना प्रमुख रवि चौधरीका अनुसार अब ५०० मिटर तार तान्न बाँकी छ । छ वर्षअघि रु ७० करोडमा प्रसारण लाइनको काम प्रारम्भ भएको हो ।
आयोजनाले शतप्रतिशत भौतिक प्रगति गरेको छ । आगामी एक सातामा परीक्षणको सम्पन्न गरी १५ दिनमा विद्युत् प्रवाह गरिने छ । रासस
प्रकाशित मिति: बुधबार, माघ ७, २०८२ १२:१२
प्रतिक्रिया दिनुहोस्



