घाँस काट्ने क्रममा लडेर मृत्यु
बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–१, पिनालेखमा रुखबाट लडेर स्थानीय ४८ वर्षीय लालबहादुर कार्कीको मृत्यु भएको छ।
सोमबार (माघ ५) बेलुका रुखमा चढेर डालेघाँस काट्ने क्रममा लडेर कार्की घाइते भएका थिए । उपचारका निम्ति उनलाई जिल्ला अस्पताल बाजुरा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२ ०९:१८
प्रतिक्रिया दिनुहोस्



