स्कारपियोको ठक्करबाट महिलाको मृत्यु
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ देवचुली नगरपालिका–१४ देवचुली चोकस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट गम्भीर घाइते स्थानीय ४२ वर्षीया जया आर्यालको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार कावासोतीबाट दलदलेतर्फ आइरहेको बा १६ च ४७४० नम्बरको स्कारपियोले ठक्कर दिँदा अर्याल गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकामा उनलाई चिकित्सकले मृत घोषित गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । दुर्घटनामा संलग्न स्कारपियो र चालक खोजतलासका क्रममा गैँडाकोट क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२ ०९:४२
प्रतिक्रिया दिनुहोस्



