जर्सिङपौवा दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो, २७ जना घाइते
काठमाडौं । काठमाडौंको लप्सीफेदीस्थित जर्सिङपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ ।
जर्सिङपौवाबाट पिकनिक गएर साँखुतर्फ फर्किने क्रममा महानगर यातायातको बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको थियो।
दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर छ । घाइतेहरूलाई उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २३, २०८२ २२:०४
प्रतिक्रिया दिनुहोस्



