भीमफेदीमा सुमो दुर्घटना : ६ जनाको मृत्यु
मकवानपुर । हेटौँडा–काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका- ६, जुरीखेतस्थित सडकमा आइतबार साँझ भएको सुमो गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट हेटौँडातर्फ आउदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी दुर्घटना हुँदा घाइते भएका नौ जनामध्ये छ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । मृतकहरूको सनाखत हुन बाँकी छ ।
प्रवक्त बोगटीका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो । तीनजनाको भने सोही हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । रासस
प्रकाशित मिति: आइतबार, पुस २०, २०८२ २१:१२
प्रतिक्रिया दिनुहोस्



