Khabar Out
नवलपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

त्रिवेणी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

गैँडाकोट नगरपालिका–५, बुद्धमार्ग चोकस्थित पूर्वपश्चिम राजमार्गमा ग१ख ६६०५ नम्बरको ट्रकले पैदलयात्री सोही ठाउँका ८२ वर्षीय यमनाथ पौडेललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रराज गुरुङले बताए ।

ट्रकको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए । चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा आइतबार (पुस २०) बिहान उनको मृत्यु भएको सूचना अधिकारी गुरुङले बताए ।

ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको उनले जानकारी दिए । रासस

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update