Khabar Out
काठमाडौँमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ । काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

आज बूढानीलकण्ठ नगरपालिका–७ गल्फुटार चोकस्थित सडकमा चक्रपथबाट बूढानीलकण्ठतर्फ जाँदै गरेको बा प्र०२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछाप खाँडादेवी गाउँपालिका–३ का अवि श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । 

यस्तै, आजै काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित सडकमा बागमती प्रदेश ०१–००१ य १७४३ नम्बरको ईभी गाडी र बा ९१ प ७५६४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रेको बेथानचोक गाउँपालिका–२ का ३० वर्षीय दीपक बजगाईँ रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  २२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update