Khabar Out
बाघको आक्रमणबाट वृद्धाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा परी मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले शनिबार भारतको दुधुवा नेसनल पार्कमा घाँस काट्न गएका पुर्नवास नगरपालिका–६ का ७० वर्षीया सुना निरौलाको बाघको आक्रमणमा परी मृत्यु भएको खबर प्राप्त भएको जानकारी दिए ।

“सीमा क्षेत्रबाट करिब अढाई किलोमिटरभित्र बाघले वृद्धाको ज्यान लिएको खबर पाइएको छ”, उनले भने, “दाउरा घाँसका लागि जङ्गलमा हिजो गएको भन्ने स्थानीयले खबर गरेका छन् ।”

प्रहरीले घटनास्थल भारतीय क्षेत्रमा भएकाले आवश्यक प्रक्रिया पनि उतैबाट हुने जनाएको छ । “आवश्यकताअनुसार भारतीय पक्षले हामीसँग पनि समन्वय गर्नेछ”, प्रहरी निरीक्षक कार्कीले भने, “तर भारतीय पक्षबाट अहिलेसम्म केही खबर आएको छैन ।” रासस

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update