Khabar Out
जेन-जी प्रदर्शनमा फरार कैदीको भारतमा मृत्यु

झापा । जेन-जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका-३ का ४० वर्षीय आलम मियाँको भारतमा मृत्यु भएको छ ।

गत भदौ २४ गते काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका कैदी मियाँ लुकीछिपी भारतको हिमाञ्चल प्रान्तको एचएनएफए पानी प्रशोधन कम्पनीमा काम गर्दै आएका थिए ।

पुस १० गते अचानक बेहोस भएर लडेका मियाको उपचारको क्रममा भारतमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

मृतकको शव सीमावर्ती भारतीय नाका गलगलिय हुँदै शनिबार घर ल्याइएको छ । जबर्जस्ती करणी कसुरमा अदालतको फैसला बमोजिम मियाँ चार वर्षदेखि कैद सजाय भोगिरहेका थिए । रासस

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update