फिलिपिन्समा यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २३ घाइते
काठमाडौँ । फिलिपिन्सको लुजोन टापुस्थित कामारिनेस सुर प्रान्तमा शुक्रबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मेट्रो मनिलाबाट दक्षिणतर्फ गइरहेको बस डेल गालेगो नगरपालिकाको राजमार्गमा अनियन्त्रित भई सडकभन्दा तल खसेको हो । बसमा चालक र सह–चालकसहित २७ जना सवार थिए ।
सडकभन्दा तल रहेका रूखहरूले बसलाई थप तल खस्नबाट रोकेकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२ २१:१९
प्रतिक्रिया दिनुहोस्



