टिपरको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्घाखाँची घर भई हाल काठमाडौँ वसुन्धरा बस्ने अन्दाजी २१ वर्षीय सागर खड्का रहेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए ।
उनले भने, “बालाजुदेखि वाइपासतर्फ गइरहेको बा प्र ०१–००६ख ३४५४ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको लु ५९ प ७०६४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा गम्भीर घाइते भएका खड्काको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको छ ।”
प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२ ०९:२५
प्रतिक्रिया दिनुहोस्



