दार्चुलामा जीप दुर्घटना, एक जनाको मृत्यु
दार्चुला। मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार शनिबार राति ९ बजे लटिनाथबाट शेरीतर्फ जाँदै गरेको सुपप्र ०१००१ च २६०४ नम्बरको जीप भैसे भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी मार्मा गाउँपालिका–६ का केशवराज जोशीको मृत्यु भएको छ भने सोही जीपका चालक माधव महरा घाइते भएका छन् ।
घाइते महरालाई उपचारका लागि लटिनाथ स्वास्थ्यचौकी पठाइएको छ । चालकसहित दुई जनामात्र सवार जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । रासस
प्रकाशित मिति: आइतबार, पुस ६, २०८२ ०९:३४
प्रतिक्रिया दिनुहोस्



