जिपको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु
बागलुङ । बागलुङमा पिकअप जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बिहीबार साँझ ६ बजे म्याग्दीको सदरमुकाम बेनी बजारबाट बागलुङतर्फ आउँदै गरेको ध १ च १३३६ नम्बरको पिकअप जिपले ठक्कर दिँदा काठेखोला गाउँपालिका–१ धैरेनीका ५ वर्षीय सूर्य ढुङ्गानाको मृत्यु भएको हो ।
जिपको ठक्करबाट गम्भीर घाइते भएका ढुङ्गानाको उपचारका लागि धौलागिरि प्रादेशिक अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक कमलजङ्ग थापाले जानकारी दिए ।
बालक ढुङ्गानालाई सडक क्रस गर्दै गर्दा जिपले ठक्कर दिएको उनको भनाइ छ । जिप चालक पर्वतको जलजला गाउँपालिका–८ नाङ्लिबाङका–२५ वर्षीय सुनिल नेपालीले प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक थापा बताउँछन् । रासस
प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२ ०९:२९
प्रतिक्रिया दिनुहोस्



