Khabar Out
पर्सामा उपचारको क्रममा कैदीबन्दीको मृत्यु

वीरगञ्ज (पर्सा) । वीरगञ्ज कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगर–१२ मुर्लीका ३७ वर्षीय अनिल महतो रहेका छन् ।

वीरगञ्ज कारागारका प्रशासक बाबुलाल रेग्मीले उपचारका क्रममा सवारी ज्यान मुद्दाका कैदीबन्दी महतोको मृत्यु भएको जानकारी दिए ।

“कैदीबन्दीलाई स्वास्थ्यमा अप्ठ्यारो हुनेबित्तिकै नारायणी अस्पतालमा पुर्‍याएका थियौँ । तर, उहाँको उपचारका क्रममा मृत्यु भएको हो,” उनले भने । महतो सवारी ज्यान मुद्दामा अदालतबाट तीन वर्ष कैद सजाय र रु दुई हजार जरिवाना तोकिएको थियो । रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update