Khabar Out
बैतडीमा दुई हजार ६५२ मतदाता थपिए

बैतडी । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ नयाँ दुई हजार ६५२ मतदाता थपिएका छन् ।

राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार आठ सय ४८ र बायोमेट्रिका आधारमा आठ सय चार मतदाता थपिएका निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले जानकारी दिए । यसअघि जिल्लामा एक लाख ५४ हजार २१६ जना मतदाताले परिचयपत्र बनाएका थिए । रासस

 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update