Khabar Out
आजको मौसम : पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update