ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, निर्मलबस्तिमा आज ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
चितवनबाट हेटौँडा आउँदै गरेको ना ८ ख १२५६ नम्बरको ट्रकले स्थानीय ८४ वर्षीया ईन्द्रकुमारी स्याङतानलाई ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले ठक्करबाट गम्भीर घाइते भएकी स्याङतानको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिएका छन् ।
प्रहरीले ट्रक चालक धनुषाको मिथिला नगरपालिका–६ का २५ वर्षीय सञ्जितकुमार महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२ १६:१५
प्रतिक्रिया दिनुहोस्


