करेन्ट लागेर पूर्ववडाध्यक्ष यादवको मृत्यु

चन्द्रपुर । आज रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौर नगरपालिका– ५ का पूर्ववडाध्यक्ष ४२ वर्षीय राम सोगारथ यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खेतबारीमा पानी लगाउने क्रममा विद्युतीय मोटरको तारबाट करेन्ट लागेर घाइते भएका यादवको उपचारका लागि लगिएकामा प्रादेशिक अस्पताले गौरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२ २२:४६
प्रतिक्रिया दिनुहोस्