Khabar Out
वीरगन्जमा झिलिमिली बत्ती लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

वीरगन्ज । वीरगन्ज महानगर–१ छपकैयाका १७ वर्षीय युवाको घरमा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगर–१ छपकैया टोलका पियुसकुमार साह रहेका छन् ।

पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले शनिबार साँझको समयमा आफ्नो एकतले घरको छतमा झिलिमिली बत्ती लगाउने क्रममा वाइरिङको तारमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका साहको अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी दिए ।

साहलाई उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा पुर्‍याइएको थियो । तर, उनको मृत्यु भने बाटोमा नै भएको पर्सा प्रहरीले जनाएको छ । मृतक साहको शवलाई परीक्षणका लागि नारायणी अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update