Khabar Out
मुग्लिन नारायणगढ सडकखण्डमा दुर्घटना, ७ गाडी ठोक्किए

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी दुर्घटना भएको छ । बिहान साढे ७ बजे दुर्घटना भएको हो । 

“मुग्लिङ–नारायणगढ सडकखण्डको गाईघाटमा ७ वटा गाडी ठोक्किएका छन् । केही घाइतेलाई प्रहरीले उद्धार गरिरहेको छ,” जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले भने, “घाइतेको संख्या र क्षतिबारे हामी सूचना संकलन गरिरहेका छौँ । केही समयमा पूर्ण विवरण आउनेछ ।” 

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update