Khabar Out
माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा । यहाँ स्थित मेचीनगर नगरपालिका वडा नम्बर १५ निलकोठीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा बिहीबार एक जनाको मृत्यु भएको छ ।

स्थानीय ४२ वर्षीय सन्तोष लिम्बू घर नजिकै रहेको टिमाई नहर (कुलो) मा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा अचानक करेन्ट लागी बेहोस भएका थिए ।

उनलाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली खटिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  २१:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update