अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

अर्घाखाँची । जिल्लाको छत्रदेव गाउँपालिका–१ सौरेखोलामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाणिनी गाउँपालिका–५ का २१ वर्षीय तारा बेलबासे र गुल्मीको छत्रकोट गाउपालिका–६ का ३५ वर्षीय सुमन सुनारको मृत्यु भएको हो । उनीहरू दुवै मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अर्घाखाँचीकी १८ वर्षीया दीपा बेल्बासे र गुल्मीका ४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए ।
गम्भीर घाइते दुवैलाई थप उपचारका लागि पाल्पा रेफर गरिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२ १५:२८
प्रतिक्रिया दिनुहोस्