Khabar Out
कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा

काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज सबै  प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । आज राती देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update