Khabar Out
गोरखामा लेक लागेर युवकको मृत्यु

गोरखा । मनास्लु पदमार्गअन्तर्गत  लार्केतर्फ जाने क्रममा लेक लागेर एक युवकको मृत्यु भएको छ । भक्तपुरको मध्यपुर नगरपालिकाका २३ वर्षीय रोहन प्रजापतिको बिहीबार दिउँसो लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रजापति आफ्ना साथीहरुसहित मनास्लु पदमार्ग हुँदै लार्के जाने क्रममा बिहीबार उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ धर्मशाला पुगेका थिए । 

‘लार्के पार गर्ने क्रममा प्रजापतिको लेक लागेर ज्यान गएको हो । अन्य चार जना मनाङतर्फ झरेका छन्’, उनले भने । प्रजापतिको शव सामागाउँ ल्याइएको र हेलिकोप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । 

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update