एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।
बैठक बिहान ११ बजे बस्ने कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए। उनका अनुसार बैठकमा आगामी केन्द्रीय कमिटीको कार्यसूची र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म यहाँ हुँदैछ । रासस
प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२ ०९:३६
प्रतिक्रिया दिनुहोस्