Khabar Out
तमोर नदीमा जीप खस्दा ६ जनाको मृत्यु

काठमाडौं । धरानबाट पाँचथर जाँदै गरेको बलेरो जीप तमोर नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार अहिलेसम्म घटनास्थलबाट पाँचजनाको शव निकालिएको र अर्को एउटा शव निकाल्ने काम भइरहेको बताए । 

जीप कम्तिमा पनि पाँच सय मिटर तल खसेको बताएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update