Khabar Out
नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुंगा सडकखण्ड एकतर्फी सञ्चालन

मुग्लिन । पहिरोका कारण बिहानदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वीराजमार्गअन्तर्गतको मुग्लिन–नागढुंगा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । 

धादिङ बेनिघाट रोराङ–१० जवाङखोलामा खसेको पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाइएको र चितवनको इच्छाकामना–५ तुइनखोला पुलमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । 

पहिरो पन्छाने र सवारीसाधन पार गराउने कार्य जारी रहेको र जुनसुकै बेला ठूलो पहिरो खस्ने जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न उनले आग्रह गरेका छन् । 

पानी परिरहेको र ढुंगामाटो झर्ने क्रम जारी रहेकाले उच्च जोखिम भने कायम रहेको प्रहरी जनाएको छ । रासस

 

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update