Khabar Out
बैतडीमा भ्यान दुर्घटना, तीन जना गम्भीर

बैतडी । बैतडीमा भ्यान दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् ।

खोल्सीबाट पाटन बजारतर्फ आइरहेको सुप प्र ०१ ००१ च ४१२८  भ्यान पाटन–६ गाङको मोडमा आज बिहान दुर्घटना भएको हो । 

दुर्घटनामा  भ्यान चालक पाटन नगरपालिका–४ का मानध्वज भट्ट, सोही वडाका रमेश भट्ट र जयराम भट्ट गम्भीर घाइते भएका बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए । उनीहरूलाई डडेल्धुरा अस्पताल पठाइएको छ । रासस

प्रकाशित मिति: बुधबार, असोज १५, २०८२  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update