Khabar Out
मनसुनी वायु सक्रिय रहँदा आज देशभर पानी पर्ने सम्भावना

काठमाडौँ । मनसुनी वायु सक्रिय हुँदा आज देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्। हाल देशभर मनसुनी तथां स्थानीय वायुको प्रभाव रहेको छ ।

जसका कारण सबै प्रदेशमा साधारणतया वर्षा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

कोशी , बागमती, गण्डकी , लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा तराइका केही स्थानहरू साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ ।

तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, र बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागका मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update