कुशे गाउँपालिका अध्यक्षमाथि आक्रमण प्रयास, दुई घाइते
सुर्खेत। जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि आक्रमणको प्रयास भएको छ । आइतबार बेलुकी कुशेबाट सुर्खेत आउँदै गर्दा जाजरकोटको छेडागाड नगरपालिकाको चँखिलामा आक्रमणको प्रयास भएको प्रहरीले जनाएको छ ।
आक्रमणकारीबाट जोगाउन खोज्दा अध्यक्ष बस्नेतसँग रहेको दुई युवा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।
घाइते हुनेमा कुशे–४ का नवराज शाही र कुशे–७ का दीपेन्द्र सिंह रहेका छन् । धारिलो हतियार प्रयोग गरेकाले टाउको र हातमा चोट लागेको शर्माले बताए । रासस
प्रकाशित मिति: आइतबार, असोज १२, २०८२ २२:१७
प्रतिक्रिया दिनुहोस्


