Khabar Out
मधेस प्रदेशका मुख्यमन्त्रीद्वारा चौरचन र गणेश चतुर्थी पर्वको शुभकामना

धनुषा  । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चौरचन तथा गणेश चतुर्थी पर्वका अवसरमा प्रदेशवासी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । 

मुख्यमन्त्री सिंहद्वारा आज यहाँ शुभकामना सन्देशमा चौरचन पर्वलाई भक्तिभाव र संस्कृतिको गहिरो सम्बन्धसँगै  सांस्कृतिक पहिचानका रूपमा चित्रण गर्दै एकता, आपसी सद्भाव र पारिवारिक आत्मीयतामा बाँध्ने माध्यमका रूपमा पर्वले कार्य गरेको उल्लेख गरे ।

उनले सन्देशमा गणेश चतुर्थी पर्वले विघ्नहर्ता भगवान् गणेशप्रति आस्था जागृत गर्दै जीवनमा आउने चुनौतीहरूलाई धैर्य, बुद्धि र सकारात्मक ऊर्जाद्वारा पार गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे । शुभकामना सन्देशमा भनिएको छ, “यो दुवै पर्वले दिएको शान्ति, सद्भाव, श्रद्धा र समर्पणको सन्देश हाम्रो समाजलाई अझ सबल, समृद्ध र उन्नत बनाउन सधैँ मार्गदर्शक हुनेछन् ।” 

सन्देशमा उनले भगवान् चन्द्रदेव र भगवान् गणेशको कृपाले सबैमा स्वास्थ्य, समृद्धि, दीर्घायु, आपसी प्रेम र प्रगतिका उज्याला मार्गहरू प्रशस्त होस् भन्ने कामना पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update