करेन्ट लागेर सप्तरीमा किसानको मृत्यु
                        
                        
                                                
                                            
                                                                    राजविराज (सप्तरी) । आज बिहान करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा एक व्यक्तिको ज्यान गएको छ ।
करेन्ट लागेर स्थानीय शम्भुकुमार इसरको मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
करेन्ट लागेको उनको घटनास्थलमै ज्यान गएको छ । ४२ वर्षीय गाउँकै धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने क्रममा त्यहाँ रहेको नाङ्गो तारमा छुँदा इसरलाई करेन्ट लागेको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १०:३९
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

