सर्पले टोकेर सप्तरीमा एक महिलाको मृत्यु
                        
                        
                                                
                                            
                                                                    सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा आज सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ ।
स्थानीय इन्द्रबहादुर राईको ५० वर्षीया श्रीमती सङ्गीता राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
तराईमा अत्यधिक गर्मीका कारण विषालु सर्पको बिगबिगी बढेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ०८:३४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

