करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

काठमाडौँ । संखुवासभामा निमार्णाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको आज करेन्ट लागेर मृत्यु भएको छ ।
चिचिला गाउँपालिका–३ स्थित अरुण तेस्रो परियोजनाको अडिट थ्रीस्थित सोलाखानीको सुरुङभित्र उक्त घटना भएको हो । घटनामा कैलालीको घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय करणधर पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
अरुण आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०८२ १७:२६
प्रतिक्रिया दिनुहोस्