पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ । आज बिहान ३ः०० बजे पहिरो खसेको हो । रासस
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ ०८:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय