बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु
गोरखा । गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका–४ माझगाउँवेशीमा ग १ त ७५४८ नम्बरको ट्याक्टरले चेपेर आज चालक चितवनका ४५ वर्षीय मोहनबहादुर बोहराको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका बोहोराको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए। स्थानीय हरि पोखरेलको बारी जोतेर निस्कदा आफैँले चलाएको ट्याक्टरले च्यापिएर उनी गम्भीर घाइते भएका थिए ।
घाइते बोहराको प्रदेश अस्पताल गोरखामा उपचार हुन नसकेपछि थप उपचारका लागि नेशनल सिटी अस्पताल चितवन लगिएको थियो । त्यहीँ उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३ २१:२५
प्रतिक्रिया दिनुहोस्







