Khabar Out
लागुऔषधसहित २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिरहाबाट चार, झापाबाट तीन, जुम्ला, रुपन्देही, मोरङ, सुनसरी र दाङबाट दुई/दुई तथा कपिलवस्तु, तनहुँ र काठमाडौँबाट एक/एक जना पक्राउ परेका हुन् ।

प्रहरी टोलीले उनीहरुको साथबाट लागुऔषध चरेस, खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने डाइक्लोमाइन र स्पास्मो बरादम गरेको छ । उनीहरूलाई गत बुधबार र बिहीबार पक्राउ गरिएको हो । रासस

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update