Khabar Out
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ । घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–१२ का ३० वर्षीय बेलबहादुर पुनको मृत्यु भएको हो ।

गम्भीर घाइते हभएका मोटरसाइकल चालक घोराही–१० का धनबहादुर घर्तीको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update