धनुषा । यहाँको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार ढल्केबरबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–००४ प. १८९५ नम्बरको मोटरसाइकललाई मधेस प्रदेश ०२–००१ च १६४७ नम्बरको माछा बोकेको महिन्द्रा पिकअपले ठक्कर दिएको हो ।
दुर्घटनामा क्षीरेश्वरनाथ नगरपालिका–६ कुचाइटोल बस्ने ५५ वर्षीय समीम खानको मृत्यु भएको प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए । दुर्घटनालगत्तै खानलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा जनकपुरधाम उपमहानगरपालिका–४ का ५० वर्षीय विनोदसिंह घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न पिकअप चालक सिरहाको सुखीपुर–३ बस्ने दिनेश सहनीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





