देउखुरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गढवा गाउँपालिका–५ बाकीका ३६ वर्षीय भानु रिजालको मृत्यु भएको हो ।
ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
प्रकाशित मिति: बुधबार, चैत ४, २०८२ १०:२७
प्रतिक्रिया दिनुहोस्





