Khabar Out
गोरखामा माइक्रो दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु

पोखरा । गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

गाडीमा १५ जना भारतीय नागरिक सवार मध्ये ७ जनाको घटनास्थलमै ज्यान गएको हो भने बाँकी ८ जनाको उद्धार गरिएको छ । घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते अर्का एकको थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । 

अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ । घटनास्थलमा रहेका केही शव निकाल्न सशस्त्र प्रहरीको टोली खटिएको थियो । घटना राति करिब ८ बजे दुर्घटना भएको हो । गाडी सडकबाट करिब १५० देखि २०० मिटर तल खसेको छ 

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  २२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update