मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु
काठमाडौं । मोरङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ।
मृत्यु हुनेमा रंगेली नगरपालिका–९ बस्ने ५० वर्षीय दुर्गा रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले जानकारी दिए।
प्रहरीका अनुसार मतगणना स्थल नजिकै खाना खाने क्रममा शुक्रबार बिहान करिब ११:४५ बजे रेग्मी एक्कासी बेहोस भएर ढलेका थिए। त्यसपछि उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो।
अस्पतालका चिकित्सकले जाँचपछि उनलाई मृत घोषणा गरेका थिए।
रेग्मी मोरङ क्षेत्र नम्बर–२ का रास्वपा उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधिका रूपमा मतगणना स्थलमा खटिएका थिए।
प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२ १४:४०
प्रतिक्रिया दिनुहोस्





