काठमाडौँ । गोरखा र सुनसरीमा शुक्रबार भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने काठमाडौँ, दाङ, मोरङ र काभ्रेमा चार जना मृत फेला परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीको इटहरी नगरपालिका–१० मा आज अपराह्न टिपरले मोटरसाइकललाई ठक्कर दिँदा सो स्थानका अजयकुमार चौधरीको मृत्यु भएको हो । गोरखाको अजिरकोट गाउँपालिका–१ ताराखोलास्थित सडकमा बोलेरो दुर्घटना हुँदा त्यसका चालक नुवाकोटको विदुर नगरपालिका–६ का जैबहादुर तामाङको मत्यु भएको हो ।
पाशुपत क्षेत्रस्थित किरियापुत्री भवन नजिक परिचय नखुलेका एक पुरुष, मोरङको सुन्दरहरैचा नगरपालिका–७ का लोकबहादुर भुजेल, दाङको घोराही नगरपालिका–१३ का निकास घर्ती र काभ्रेको बनेपा नगरपालिका–६ मा डेरामा बसेका पाँचथरका धनबहादुर सुब्बालाई मृत भेटिएको हो । रासस





