लागूऔषधसहित ९ जना पक्राउ
काठमाडौँ । देशका विभिन्न भागबाट लागू औषधसहित ९ जना पक्राउ गरेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार इलाम, झापा, सुनसरी, नवलपरासीपूर्व र कैलालीबाट उनीहरु बुधबार पक्राउ परेका हुन् ।
अभियुक्तहरुबाट खैरो हेराइन, गाँजा, चिकित्सकको सिफारिसमा मात्र पाइने औषधिसहित उनीहरु पक्राउ परेका हुन् । सम्बन्धित जिल्ला प्रहरी कार्यालयले नियमित रूपमा सञ्चालन गरेको गस्तीका क्रममा शङ्का लागेर जाँच गर्दा उनीहरुबाट प्रतिबन्धित पदार्थ बरामद् भएका हुन् । रासस
प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२ १६:०७
प्रतिक्रिया दिनुहोस्





