Khabar Out
घर ढल्दा च्यापिएर एकको मृत्यु, एक जना घाइते

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले घरमा रुख ढलेर वेदकोट नगरपालिका–३ पेलितालका ५० वर्षीया शारदादेवी महताको मृत्यु भएको जानकारी दिए । घटनापछि आज बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वासु अवस्थी नेतृत्वको टोली खटिएको छ ।

त्यसैगरी सोही घरमा रहनुभएकी ४० वर्षीया सीता महता घाइते हुुनुभएको प्रहरीले जनाएको छ । उहाँको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update