Khabar Out
पाल्पामा टिपर दुर्घटना, चालकको मृत्यु

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरबाट सर्देवातर्फ आउँदै गरेको लु२ख २००१ नम्बरको टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

कच्ची सडकखण्डमा टिपर अनियन्त्रित भई करिब २०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा परी चालक ३४ वर्षीय खिमबहादुर सोमई गम्भीर घाइते भएका थिए ।

रैनादेवी छहरा–३, भुवनपोखरीका सोमईलाई तत्काल उद्धार गरी उपचारका निम्ति लुम्बिनी मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update