गोरखामा पोथी चितुवा मृत अवस्थामा फेला
गोरखा । गोरखामा पोथी चितुवा मृत अवस्थामा फेला परेको छ । गोरखा नगरपालिका–४ फिनामस्थित हिलेखर्कमा आज चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शाण्डिल्यले बताए।
स्थानीयले सोमबार राति चितुवा–चितुवाबीच झगडा परेको जस्तो आवाज सुनेको बताएकाले भाले चितुवासँग झगडा पर्ने क्रममा पोथी चितुवाको मृत्यु भएको हुनसक्ने अनुमान रहेको उनले बताए।
स्थानीय डम्बरबहादुर थापाको पाखो बारीमा मृत अवस्थामा फेला परेको चितुवाको उमेर करिब एक वर्ष हुनसक्ने जनाइएको छ।
प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२ २१:३७
प्रतिक्रिया दिनुहोस्




